काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनमा थप ४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५५ पुगेको हो ।
मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक, २१ जना जेनजी प्रदर्शनकारी, ९ जना कैदी रहेका छन् । आगलागीमा परेर १८ जनाले ज्यान गुमाएका छन् ।
आन्दोलनमा घाइते भएकाको उपचार विभिन्न ३३ वटा अस्पतालमा भईरहेको छ ।