काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीन सरकारले बधाई दिएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई बधाईसहित शुभकामना दिएका हुन् ।
उनले नेपाल र चीनबीच पुरानो मित्रता रहेको बताउँदै चीनले सधैं झैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गलाई सम्मान गर्ने बताए । ‘हामी नेपालसँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग अभिवृद्धि गर्न र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन तयार छौं,’ नेपालस्थित चिनियाँ दुतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।