काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसल आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन आएका छन् । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि ४५ जिल्लाका १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । यसअघिका वाषर््हरुमा भनेृ अतिरिक्त स्थानमा समेत बिक्री कक्ष स्थापना गरिन्थ्यो । तर हाल देशमा सिर्जित अवस्थाका कारण दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
खाद्य व्यवस्था कम्पनीद्वारा थापाथली र रामशाहपथमा सञ्चालित पसल बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिर भने बिहान १० बजेदेखि साझ ५ बजेसम्म खुला रहनेछ ।
खाद्य व्यवस्था कम्पनीले चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाइएका छ । उपत्यका बाहिर भने २३ वटा जिल्लाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।
साल्ट ट्रेडिङले नुन प्रतिकेजीमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेल लिटरमा ७ रुपैयाँ, चिउरा,पिठो, मैदा र दालमा ७ रुपैयाँ, गेडाग्ुडीमा १० देखि २० र मरमसलामा १०देखि १५ रुपैयाँ छुटको व्यवस्था गरेको छ ।