सोमबार, फाल्गुन ४,२०८२ 10:15:47
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:15:47
Bizshala
Global IME Bank Limited

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसल आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन आएका छन् । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि ४५ जिल्लाका १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । यसअघिका वाषर््हरुमा भनेृ अतिरिक्त स्थानमा समेत बिक्री कक्ष स्थापना गरिन्थ्यो । तर हाल देशमा सिर्जित अवस्थाका कारण दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

खाद्य व्यवस्था कम्पनीद्वारा थापाथली र रामशाहपथमा सञ्चालित पसल बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिर भने बिहान १० बजेदेखि साझ ५ बजेसम्म खुला रहनेछ ।  

खाद्य व्यवस्था कम्पनीले चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाइएका छ । उपत्यका बाहिर भने २३ वटा जिल्लाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।  

साल्ट ट्रेडिङले नुन प्रतिकेजीमा २  रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेल लिटरमा ७ रुपैयाँ, चिउरा,पिठो, मैदा र दालमा ७ रुपैयाँ, गेडाग्ुडीमा १० देखि २० र मरमसलामा १०देखि १५ रुपैयाँ छुटको व्यवस्था गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.