काठमाण्डौ । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।
घिसिङले आज पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । घिसिङले कोषमा रकम जम्मा गर्नका लागि विदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । उनले क्षति भएका संरचना बनाउनु सबैको दायित्व भएको भन्दै यसको पुनर्निर्माणमा यथाशिघ्र जुट्नु पर्नेमा जोड दिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।