काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई सरकारमा सहभागी गराउने प्रस्ताव अघि सारेकी थिइन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग अन्तरिम मन्त्रिपरिषद् प्रवेशको सम्भावना बारे छलफलसमेत गरेकी थिइन् ।
तर, रुइतले अस्पताल र बिरामीलाई प्राथमिकता दिनुपर्ने कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेका छन् । उनले सरकारलाई बाहिरबाट सहयोग गर्ने तर पद ग्रहण नगर्ने स्पष्ट जवाफ दिएका हुन् ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा रुइतको नाम चर्चामा आए पनि उनले आफ्नो पेसागत जिम्मेवारीमै समर्पित रहने बताउँदै आएका छन् ।