काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसहित आठ कम्पनीको निष्कासनकर्ता रेटिङलाई प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ। सूचीमा शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र मौलाकाली केवलकार लिमिटेड रहेका छन्।
यस्तै, कैलाश हेलीकप्टर सर्भिसेस लिमिटेडको रेटिङलाई विकासशील प्रभाव सहित सूक्ष्म निगरानीमा राखिएको छ।
इक्राका अनुसार, यो निर्णय हालैको जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिसँग सम्बन्धित छ। आन्दोलनका क्रममा धेरै निजी भवन, संरचना र सवारी साधन क्षतिग्रस्त भएका थिए र बीमा दाबीहरू बढ्न सक्ने जोखिम मूल्याङ्कन गर्दै नेपाल रिसहितका बीमा कम्पनीहरुको रेटिङ घटाइएको हो।
आन्दोलनकारीहरुले चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार लगायतमा समेत तोडफोड र आगजनी गरेका थिए ।
उक्त रेटिङ साधारण क्रेडिट विश्वासनीयता सम्बन्धी राय मात्र हो र कुनै विशेष ऋणपत्र वा लगानी साधनको प्रत्यक्ष मूल्याङ्कन होइन।