• बुधबार, आश्विन १,२०८२ 02:47:35
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !

Hyundai Nepal
राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !
Shivam Cement

काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ ।  

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जानकारी दिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार आन्दोलनकारीको नाममा बैंकको शाखामा प्रवेश गरेको अराजक समूहले त्यहाँको सीसी फूटेज पहिला फुटाएर लुटपाट मच्चाएको थियो ।  

प्रारम्भिक अनुसन्धानका क्रममा बानेश्वरको शाखाबाट मात्र ५ करोडभन्दा बढी नगद तथा १८ केजीभन्दा बढी सुन लुटपाट भएको खनालले दाबी गरेका छन् ।  

लुटपाट भएको विषयमा बैंकले नेपाल राष्ट्रबैंकलाई जानकारी गराइसकेको छ ।  

यस्तै, मंगलबार घटनास्थलको मुचुल्का गरी प्रहरीले समेत अनुसन्धान सुरु गरेको उनको भनाई छ । 

बैंकको सीसीटिभी लुटेराको समूहले फुटाए पनि विभिन्न सञ्चारमाध्यम तथा विभिन्न व्यक्तिहरुले लुटपाट हुँदाको समयको फूटेज खिचेकाले प्रहरीले त्यसका आधारमा अनुसन्धान बढाउनसक्ने उनको अनुमान छ ।

देशका अन्य क्षेत्रमा रहेका राष्ट्रिय वाणिज्य बैंकका केही काउण्टरहरुमा समेत तोडफोड भएको उनको भनाई छ  ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.