• बिहीबार, आश्विन २,२०८२ 12:53:43
Global IME Bank Limited

दुई मिनेटमै कारोबार स्थगन, लाग्यो नेगेटिभ सर्किट

Hyundai Nepal
दुई मिनेटमै कारोबार स्थगन, लाग्यो नेगेटिभ सर्किट
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको दुई मिनेटमै बजारमा नेगेटिभ सर्किट लागेको छ।  

जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्से परिसूचक १०७.०४(४ प्रतिशत) अंकले घटेपछि नेगेटिभ सर्किट ब्रेकर लगाई कारोबार २० मिनेटका लागि स्थगित भएको हो ।  

बजार खुलेको २ मिनेटमै नेगेटिभ सर्किट लागेपछि अधिकांश लगानीकर्ता अझ अत्तालिएका ब्रोकर हाउसमा रहेका हाम्रा संवाददाताहरुले जनाएका छन् । 

ब्रोकर हाउसका लगानीकर्ताहरुले आज सेयर कारोबार खुले पनि अधिकांश कम्पनीमा बाईतर्फ अर्डर नै छैन । सेल(बिक्री)तर्फ मात्र अर्डर ह्वात्तै बढ्दा बजारमा सर्किट लागेको हो ।  

अब बजारमा सेयर कारोबार पुनः २० मिनेटपछि खुल्नेछ । त्यसपछि बजार लगातार घटेर ५ प्रतिशतसम्म घट्यो भने पुनः सर्किट लगाएर ४० मिनेटका लागि कारोबार स्थगन गरिनेछ ।  

त्यसपछि पुनः खुल्ने बजारको ओरालो यात्रा रोकिएन र गिरावट निरन्तर रही ६ प्रतिशतले नेप्से घट्यो भने आजका लागि बजारको कारोबार निलम्बनमा पर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.