• बिहीबार, आश्विन २,२०८२ 06:57:42
Global IME Bank Limited

अपडेट: अन्तिम १५ मिनेटको औसतसम्बन्धी नियम हट्ने आश्वासनपछि सेबोनबाट फर्किए लगानीकर्ता

Hyundai Nepal
अपडेट: अन्तिम १५ मिनेटको औसतसम्बन्धी नियम हट्ने आश्वासनपछि सेबोनबाट फर्किए लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से गणना गर्ने व्यवस्था हट्ने प्रतिबद्धतापछि धितोपत्र बोर्ड घेराउ गर्न पुगेका लगानीकर्ता फर्किएका छन् ।  

सेयर लगानीकर्ताको एउटा समूह प्लेकार्डसहित आज दिउँसो प्रदर्शन गरी आफ्ना माग पूरा गराउन तथा ज्ञापनपत्रसहित धर्ना बस्न भन्दै धितोपत्र बोर्ड पुगेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यहाँ लगानीकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने अडान लिएका थिए ।  

आफ्ना माग तत्काल पूरा हुनुपर्ने अडानसहित बोर्ड पुगेका उनीहरुलाई अर्थमन्त्रालयमा रहेका बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग टेलिफोनमा कुराकानी गराइएको थियो ।

लगानीकर्ताहरुले ह्याण्ड्स फ्री गरेर कुराकानी गरेका थिए । सो क्रममा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले आफू अन्तिम १५ मिनेटको औसतवाला व्यवस्था खारेजीको पक्षमा रहेको र आइतबार बजार खुल्नुअघिसम्म सो नियम हटिसक्ने वचन दिएका थिए ।  

बोर्ड अध्यक्षको वचन पाएपछि आफ्नो माग पूरा हुने सुनिश्चित भएको भन्दै लगानीकर्ता सेबोनबाट फर्किएका हुन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.