काठमाण्डौ । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।
यही अवसरमा आज काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा बिहान साढे ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।
आज संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।