काठमाण्डो । एनआईसी एशिया बैंकद्वारा जारी ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) बैंकको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२÷८३ ’को सूचीकरण खारेज भएको हो ।
बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ७ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य रु १ हजार दरको १८ लाख ३० हजार कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो ।
सो ऋणपत्र असोज ३ गते परिपक्व भएकाले असोज २ गतेको कारोबारपश्चात सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।