शनिबार, श्रावण २३,२०८३ 08:19:10
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 08:19:10
Bizshala
Global IME Bank Limited

पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल

पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल
New Office

काठमाण्डौ । अर्थमन्त्रायले पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने सुधारका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।  

अर्थमन्त्री डा. रामेश्वर खनालले असोज ३ गते यस्तो कार्यदल बनाउने निर्णय गरेका हुन् ।  

धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल ४ सदस्यीय रहेको छ । 

कार्यदलको सदस्यको रुपमा नेपाल राष्टबैंकका निर्देशक शरण अधिकारी,, नेपाल स्टक एक्सचेञ्जका का.मु. कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्यको रुपमा रहेका छन् ।  

कार्यदलको सदस्य सचिवमा चाहिँ अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । 

यो कार्यदलले पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्रमा प्रस्तुत गर्ने म्याण्डेड पाएको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.