शुक्रबार, बैशाख ४,२०८३ 10:27:20
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:27:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा

Bizshala
रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा
Shivam Cement

काठमाण्डौ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

त्यसैगरी, ३ करोडभन्दा माथिका तर बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा दर्ता भएका आयोजनाहरू, जसलाई पछि बैंकमा राखिएको छ वा राजनीतिक दबाबमा राखिएका छन्, तिनलाई समेत रोक्का राख्ने निर्णय गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अर्थमन्त्री रामेश्वर खनालका अनुसार, यस कदमबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने देखिएको छ। रोक्का राखिएको रकमबाट पहिला काम भइसकेका आयोजनाका बाँकी भुक्तानीहरू भने व्यवसायीलाई उपलब्ध गराइनेछ।

अर्थमन्त्री खनालले बताएअनुसार, यस निर्णयले राष्ट्रिय गौरवका ठूला आयोजना र पूर्वाधार निर्माणलाई द्रुतगतिमा अघि बढाउन रकम उपयोग हुने योजना रहेको छ।

CG Motors
Garima Development Bank
IME remit

साथै, सरकारले पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। यसमा नेपालभित्र र बाहिरबाट दातृ योगदान राख्न सकिनेछ। बैंक, वित्तीय संस्था, र औद्योगिक प्रतिष्ठानहरूले सीएसआर रकम समेत योगदान गर्न सक्ने छन् र यसमा कर छुट सुविधा समेत लागू हुने छ। कोषको परिचालनका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति समेत गठन गरिने योजना रहेको अर्थमन्त्रीले जानकारी दिएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.