सोमबार, असार २,२०८२ 12:06:12
  • सोमबार, असार २,२०८२ 12:06:12
Global IME Bank Limited

गठबन्धनको साझा संकल्प: नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, आर्थिक शिथिलता अन्त्यको सूत्र पनि पेश

Hyundai Nepal
गठबन्धनको साझा संकल्प: नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायमान बनाइने, आर्थिक शिथिलता अन्त्यको सूत्र पनि पेश
Nabil Bank Limited

काठमाण्डौ । पाँचदलीय सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम(संकल्प) सार्वजनिक गरेका छन् ।  

गठबन्धन सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम तथा संकल्प मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेका हुन् ।  

गठबन्धनमा सहभागी दलहरुले संकल्पमा सेयर बजारको सुधारलाई समेत प्राथमिकतामा राखेका छन् । संकल्पमा भनिएको छ–‘सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दलहरुले आर्थिक शिथिलतालाई अन्त्य गर्ने विशेष कार्यक्रम तथा घोषणा समेत गरेका छन् ।  

दलहरुले अहिलेको आर्थिक शिथिलतालाई अन्त्यका लागि निम्न विषयलाई प्राथमिकतामा राखेका छन् :

-अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने ।  

-सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने,  वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तत्कालिक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पुर्याउने बिभिन्न कानुनहरु संशोधन गर्ने,

-सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने,  

-विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने

-सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दूमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालिन रणनीति कार्यान्वयन गर्ने,  

-पन्ध्रौं योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोर्हौं राष्ट्रिय योजना प्रारम्भ गर्ने । यस आवधिक योजना आरम्भ गर्दा डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन्२०३० भित्र दिगोविकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएकोअर्थतन्त्र’ निर्माण गर्ने ।  

वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने  

-वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने ।  

-सहकारी कर्जा असुली न्यायाधिकरणकोगठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने,  

-ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्रबैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाकोनाममा रहेका सम्पत्तिकोधितोमा नेपाल राष्ट्र बैङ्कबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने,

-हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवाकेन्द्र स्वीकृति बन्द गर्ने,  

-लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने

गठबन्धन दलहरुले संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन, काम रोजगारी उद्यमशीलता र स्वदेशी उत्पादन, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षामा आमूल सुधार, भौतिक पूर्वाधार विकास र अन्तर निकाय समन्वय, उर्जा विकास, सूचना तथा सञ्चार, भूमि व्यवस्था, वन वातावरण, जलवायु अनुकुलन र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा समेत आमूल सुधार गर्ने भन्दै दलहरुले संकल्प प्रस्तुत गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.