काठमाडौं । दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाण्डौको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।
आजका मितिसम्म काठमाण्डौ जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
समाजका संरक्षक काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरुको सहभागिता थियो ।
हाल जिल्ला भित्रका अधिकृतहरु संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।
सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोबिन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार केसी, दक्षिणकाली नगरपालिका, काठमाण्डौ, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका, काठमाण्डौ सदस्य भूमिराज भूसाल, कोलेनिका, सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाण्डौ, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।
दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरि उक्त समिति गठन गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।