काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद आज सूचीकृत भएको हो ।
कम्पनीको कुल ४० लाख कित्ता हकप्रद सूचीकृत भएको हो । योसँगै अब कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या ८० लाख कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।