काठमाण्डौ। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सूचनामा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ । यस्ता हातहतियार असोज मसान्तसम्म बुझाउनु पर्नेछ ।
सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने सूचनामा उल्लेख छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने समेत जनाइएको छ ।