मंगलवार, आश्विन २८,२०८२ 03:17:42
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:42
IME remit
Global IME Bank Limited

असोज १७ देखि २० सम्म बाली नकाट्न कृषकलाई अलर्ट

Hyundai Nepal
असोज १७ देखि २० सम्म बाली नकाट्न कृषकलाई अलर्ट
Shivam Cement

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि मनसुन थप सक्रिय हुने जानकारी दिएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले विभागसँगको सहकार्यमा जारी गरेको उक्त बुलेटिनमा आगामी दिनहरूमा हुने भारी तथा अति भारी वर्षाका बीच किसानहरूले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार, किसानले समयमै आवश्यक सावधानी अपनाएमा तरकारीबाली, फलफूल, धान लगायतका बालीमा सम्भावित क्षति कम गर्न सकिनेछ। उनले किसानलाई हालै सार्वजनिक गरिएको बुलेटिनलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरे।

Muktinath Bikas Bank Limited

बुलेटिनका मुख्य बुँदाहरूः

-तरकारीबाली, फलफूल बगैंचा र धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न।

-विषादी छर्कने काम केही दिनका लागि रोक्न।

-नदी, खोलाछेउका संरचना तथा भण्डारण सामग्रीलाई सुरक्षित स्थानमा सार्न।

-असोज १७–१९ सम्म मनसुन सक्रिय रहने भएकाले धान नकाट्न, काटिएको भए तत्काल सुरक्षित स्थानमा भित्र्याउन।

-तरकारी नर्सरीमा पानी नजम्ने व्यवस्था गर्न, अन्यथा बेर्ना कुहिन सक्ने जोखिम।

पशुपालनसम्बन्धी सावधानीः

-मौरीलाई चिनी चास्नी खुवाउन, किनभने चरन क्षेत्रमा कमी हुने समय हो।

-पशुबस्तुलाई पानीमा भिज्न नदिने, भिजेको घाँस वा बाढीले प्रभावित दाना खुवाउन नहुने।

-दाना वा पराल चिसो तथा कुहिएको अवस्थामा ढुसी लाग्न सक्ने भएकाले सतर्क रहनु आवश्यक। ढुसीले दीर्घकालमा पशु तथा मानिसमा क्यान्सरसम्म निम्त्याउन सक्छ।

-खोर चिसो र हिलो भएमा कुखुरामा जुम्रा र सुलसुलेजस्ता परजीवी बढ्न सक्ने भएकाले नियमित अनुगमन गर्न, समस्या देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन।

-माछा पोखरीमा धमिलो पानी पसेको अवस्थामा उचित निकासको व्यवस्था गर्न र जाली प्रयोग गरी माछा सुरक्षित राख्न।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज (असोज १६) देशभर बदली रहँदा भोलिदेखि बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। त्यसैले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.