शुक्रबार, बैशाख ४,२०८३ 08:52:14
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:52:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौं उपत्यकामा १२ घन्टासम्म भारी वर्षाको प्रक्षेपण ! मौसमविद्को आपतकालीन चेतावनी

Bizshala
काठमाडौं उपत्यकामा १२ घन्टासम्म भारी वर्षाको प्रक्षेपण ! मौसमविद्को आपतकालीन चेतावनी
Shivam Cement

काठमाण्डौ । काठमाडौं उपत्यका र आसपासका क्षेत्र ८ देखि १२ घन्टासम्म भारी वर्षाको उच्च जोखिममा रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्।

बंगालको खाडीबाट उठेको मौसमी प्रणाली भारत हुँदै नेपाल प्रवेश गरेपछि उपत्यकासहित देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना देखिएको हो।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार, शुक्रबार दिउँसो हल्कादेखि मध्यम वर्षा भए पनि शनिबार दिउँसोदेखि रातिसम्म भारीदेखि अति भारी वर्षाको जोखिम अत्यधिक छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

३०० मिलिमिटरभन्दा बढी वर्षाको अनुमान

मौसमी विश्लेषणअनुसार बागमती, मधेस र कोशी प्रदेशका धेरै क्षेत्र प्रभावित हुनेछन्। लुम्बिनी र गण्डकीका केही भूभागमा पनि अति भारी वर्षा हुन सक्ने देखिएको छ।

पोखरेलले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत लेखेका छन्:“बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ। काठमाडौं उपत्यकामा ८–१२ घन्टासम्म लगातार भारी वर्षा सम्भावना छ।”

CG Motors
Garima Development Bank
IME remit

पोखरेलले विशेषगरी शनिबार राति र आइतबार बिहान सचेत रहनुपर्नेमा जोड दिएका छन्।

“आज (शुक्रबार) मध्यम वर्षा मात्र हुन्छ। तर, भोलि दिउँसोदेखि आइतबारसम्म यात्रामा ननिस्कनु नै सुरक्षित हुन्छ,” उनले चेतावनी दिएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.