शुक्रबार, बैशाख ४,२०८३ 08:52:59
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:52:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौसम विभागले भन्यो- 'वर्षा गराउने प्रणाली पूर्वउत्तर-पूर्व दिशातर्फ सर्दैछ, केही ठाउँमा भारी वर्षाको सम्भावना'

बागमति, मधेश र कोशी प्रदेशमा वर्षाले बितण्डा मच्चाउने भन्दै अलर्ट जारी

Bizshala
मौसम विभागले भन्यो- 'वर्षा गराउने प्रणाली पूर्वउत्तर-पूर्व दिशातर्फ सर्दैछ, केही ठाउँमा भारी वर्षाको सम्भावना'
Shivam Cement

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आज शनिबार बिहानदेखि देशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको र आगामी २४ घण्टासम्म अझै उच्च जोखिम रहने चेतावनी दिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विभागका अनुसार बिहान १० बजेसम्म विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। मौसम प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेको हुँदा यी क्षेत्रहरू अझ प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसोको पूर्वानुमान

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

तीमध्ये मधेस, बागमती र गण्डकीका केही स्थानमा धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।

रातिको पूर्वानुमान

राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा धेरै स्थानमा वर्षा हुने देखिएको छ।

लुम्बिनीका पहाडी तथा तराईका धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान छ।

मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

मौसम विश्लेषण

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायू) सक्रिय रहनु नै वर्षाको मुख्य कारण भएको विभागले जनाएको छ।

विभागको चेतावनी

मौसम विभागले भनेको छः“अबका केही घण्टा कोसी, मधेस र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको छ। नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र आधिकारिक सूचना नियमित रूपमा अनुसरण गर्न अनुरोध गरिन्छ।”

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.