मंगलवार, आश्विन २८,२०८२ 03:17:33
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:33
IME remit
Global IME Bank Limited

आज राति १० बजेदेखि भोलि बिहान २ बजेसम्म अति भारी वर्षाको प्रक्षेपण, कुलमानले डाकेको बैठकमा के-के भयो ?

Hyundai Nepal
आज राति १० बजेदेखि भोलि बिहान २ बजेसम्म अति भारी वर्षाको प्रक्षेपण, कुलमानले डाकेको बैठकमा के-के भयो ?
Shivam Cement

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म देशका विभिन्न भूभागमा अतिभारी वर्षा हुने चेतावनी जारी गरेको छ। विभागका महानिर्देशक कमल राम जोशीका अनुसार, विशेष गरी बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा छन्।

Shivam Cement
Bizshala
CG Motors

उनका अनुसार आज बेलुका ७ बजेदेखि भोलि बिहान ८ बजेसम्म, त्यसमा पनि राति १० बजेदेखि बिहान २ बजेसम्म अतिभारी वर्षा हुने सम्भावना रहेको छ। विभागले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने आकलन गरेको छ।

बागमती र पूर्वी राप्ती नदीमा पानीको सतह तीव्र गतिमा बढ्ने देखिएकोले रेड अलर्ट जारी गरिएको छ।

Muktinath Bikas Bank Limited

कुन–कुन जिल्ला उच्च जोखिममा ?

-सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा

-सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन

-इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ

-रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी (पूर्व–पश्चिम), रुपन्देही, कपिलवस्तु

यी क्षेत्रमा उच्च जोखिम रहने प्रक्षेपण गरिएको छ भने अरु धेरै जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ।

जलाधार क्षेत्रको स्थिति

कोशी जलाधार : सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशीमा वहाव उल्लेख्य बढ्ने

नारायणी जलाधार : देवघाट, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकीमा तीन दिनसम्म जोखिम

कर्णाली जलाधार : कर्णाली, भेरी, पश्चिम सेतीमा सामान्यतया पानीको बहाव बढ्ने

सरकारी अनुरोध

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा महानिर्देशक जोशीले नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

"अबको तीन दिन नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्नसक्छ। त्यसैले जोखिमयुक्त क्षेत्रका नागरिकले सुरक्षा उपायलाई प्राथमिकतामा राख्न आवश्यक छ," जोशीले बताए।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.