शुक्रबार, बैशाख ४,२०८३ 08:46:21
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:46:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा बागमतिले आज राति सतर्कताको तह पार गर्ने भन्दै पुनः अलर्ट जारी

Bizshala
काठमाण्डौमा बागमतिले आज राति सतर्कताको तह पार गर्ने भन्दै पुनः अलर्ट जारी
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ जिल्लास्थित बागमति जलाधार र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको सतहले सतर्कताको तह पार गर्ने भन्दै नेपाली बाढी सूचनाले पुनः अलर्ट जारी गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 केहीबेरअघि आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै नेपाल बाढी सूचनाले काठमाण्डौ लगायतका क्षेत्रमा पुनः अलर्ट जारी गरेको हो । 'काठमाडौं जिल्ला स्थित बाग्माती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको को सतह बढ्दो क्रममा रहेको र राती सतर्कता तह पार गर्ने सम्भावना रहेको ।;-अपडेटमा अलर्ट गराउँदै भनिएको छ।

दिउँसो १ः५० को अपडेट यसप्रकार रहेको छ:

पछिल्लो १२ घण्टामा पर्सा र रौतहट जिल्ला स्थित बिरगंज,गौर र महेशपुर वर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको र थप हुने सम्भावना रहेकोले सो जिल्ला भई बहने ससाना खोलाहरुमा बहाब बढ्नसक्ने सम्भावना छ ।  
CG Motors
Garima Development Bank
IME remit

#अपडेट २ (२०८२-०६-१८, दिउँसो १:५० बजे)

१) आज सनिबार दिउँसो १.५० बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको।

२) पछिल्लो ६ घण्टामा  मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा  मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको।

३) काठमाडौं जिल्ला स्थित बाग्माती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको को सतह बढ्दो क्रममा रहेको र राती सतर्कता तह पार गर्ने सम्भावना रहेको

४) आज दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेश भइ बहने नदीहरुमा बहाब उल्लेख्य बढ्न शुरु हुने  

५) आज राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको।  

६) भोली आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने

७) आइतबार राती देखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने

८) बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी

९) कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.