काठमाण्डौ । सबैभन्दा बढी पानी परेको वीरगञ्जको रेकर्डलाई डबलले टप्दै गएको २४ घण्टामा बाराको कलैयामा अति भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गएको २४ घण्टामा बाराको कलैयामा अति भारी पानी अर्थात २००.६ मिलिमिटर वर्षा भएको हो ।
यसअघि पर्साको वीरगञ्जमा १००.८ मिलिमिटर पानी परेको थियो । यो रेकर्डलाई तोड्दै लगभग वीरगञ्जको तुलनामा डबल बढी पानी कलैयामा परेको देखिएको हो ।