काठमाण्डौ । बागमति नदीको खोकना जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुर जिल्लास्थित बागमति नदी, खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोहो ।
अबिरल र भारी वर्षाका कारण जलसतह बढ्ने क्रम जारी रहेकोले नदी तटीय क्षेत्र र डूबान भइरहने होचा भूभागमा रहने उच्च सतर्कता अपनाउन विभागले पुनः अलर्ट गराएको छ ।
