काठमाण्डौ । गृह मन्त्रालयले बायुसेवा सञ्चालक संघलाई आज एक पत्र पठाउँदै निजी हेलिकोप्टरहरुलाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
मन्त्रालयका उपसचिव निशानराज गौतमबाट प्रेषित पत्रमा भारी तथा अति भारी वर्षाका कारण आउनसक्ने बाढी, पहिरो तथा डूबानबाट प्रभावितहरुको खोज तथा उद्दार, राहात, स्थानान्तरण र पुनस्र्थापना गर्ने कार्यका लागि हेलिकोप्टरहरु तयारी अवस्थामा राख्न बायु सेवा सञ्चालक संघलाई आग्रह गरिएको छ।
‘......राष्टिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र तहाँ संघबीच भएको सम्झौता बमोजिम आवश्यकताअनुसार यस मन्त्रालयको लिखित र मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्था(स्ट्याण्डबाई)मा राखिदिनुहुन अनुरोध छ ।’-गृहको पत्रमा भनिएको छ ।