काठमाण्डौ । बागमति लगायत चारवटा प्रदेशमा भइरहेको भारी र अति भारी वर्षा अझै ३० घण्टा निरन्तर रहने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले केहीबेरअघि(५ः३० बजे) गरेको नयाँ अपडेट अनुसार आगामी ३० घण्टाका लागि हालको मनसुनी प्रणाली सक्रिय नै रहने प्रक्षेपण गरेको हो ।
यस अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशको अधिकांश स्थानहरुमा आगामी करिब ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना छ । सूचनामा भनिएको छः ठूलो प्रभाव भने बागमती र मधेश प्रदेशको क्षेत्रमा पर्ने देखिन्छ।