काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडान पुनः सुचारु भएको छ । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको हो ।
बिहानसम्म नेपालगञ्ज र भद्रपुरमा उडान भएको छ । मौसम अनुकूल रहेका स्थानमा उडान सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने हिजो साँझदेखि नै सुरु भएको थियो ।