मंगलवार, आश्विन २८,२०८२ 12:17:30
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:17:30
IME remit
Global IME Bank Limited

बंगालको खाडीको प्रभावले अझै मनसुन सक्रिय, कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?

Hyundai Nepal
बंगालको खाडीको प्रभावले अझै मनसुन सक्रिय, कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?
Shivam Cement

काठमाण्डौ । देशभर अहिले पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायम छ। यसै कारण काठमाडौंबाट झापासम्मका अधिकांश भू–भागमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानी उपत्यकामा भने वर्षा क्रमशः कमजोर बन्दै गएको छ, तर देशका पूर्वी भागमा वर्षा अझै जारी छ।

Shivam Cement
Bizshala
CG Motors

कोशी र मधेश प्रदेशमा पूर्ण बादल, अन्य प्रदेशमा आंशिक बदली

आइतबार दिउँसो कोशी र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बादल लाग्ने अनुमान गरिएको छ। बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने र अन्य प्रदेशका भागहरूमा आंशिक बदली रहने सम्भावना विभागले जनाएको छ।

कोशी र मधेश प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

राति पनि कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्यतया बदली रहँदै केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना अझै कायम छ।

Muktinath Bikas Bank Limited

आठ नदी खतरा तहमा, १२ सतर्कताभन्दा माथि

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल आठवटा नदी खतरा तह पार गरिसकेका छन्। बिहान साढे पाँच बजे गरिएको मापनअनुसार बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, सुनसरीको बुढी खोला र झापाको बिरिङ खोला लगायतका नदीहरूमा जलसतह खतरा स्तरभन्दा माथि पुगेको छ।

त्यस्तै, १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। बागमती, कमला र कोसी जलाधार अन्तर्गतका नदीहरू सतर्कता तहभन्दा माथि पुगेका छन्।

वर्षाको तीव्रता घट्दै तर जोखिम कायम

महाशाखाका अनुसार बागमती र मधेश प्रदेशमा वर्षाको तीव्रता बिस्तारै घट्दै गएको छ भने कोसी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा जारी छ। कोशी, मधेश र बागमती प्रदेशका अन्य धेरै नदी–नालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको बताइएको छ।

२४ घण्टामा रेकर्ड वर्षा-रौतहटमा ३५२ मिमी

पछिल्लो २४ घण्टामा देशका धेरै भागमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर र गौरमा ३३४ मिलिमिटर पुगेको छ।

त्यसैगरी, पर्साको मुडलीमा २९०.८ मिमी, वीरगञ्जमा २८८ मिमी, बाराको सिमरामा २२५.४ मिमी, निजगढमा २६१.४ मिमी, सिन्धुलीको हरिहरपुरगढीमा २९५ मिमी, ललितपुरको गोदावरीमा १७८.८ मिमी, काठमाडौंको नैकापमा १४१.६ मिमी, सुन्दरीजलमा १४४.६ मिमी, र इलाम टि इस्टेटमा २९०.६ मिमी वर्षा मापन भएको छ।

यस्तै, इलामको हिमाली क्षेत्रमा ३३५.४ मिमी, धनुषाको तुलसीमा २४५.२ मिमी, सुनसरीको सप्तकोसीमा २२६.८ मिमी, झापाको बाहुनडाँगीमा २४६.४ मिमी, मोरङको हरैंचामा २४४.४ मिमी वर्षा भएको विभागले जनाएको छ।

महाशाखाका अनुसार, वर्षाको तीव्रता केही कमजोर हुँदै गए पनि आज साँझसम्म पूर्वी भू–भागमा अझै वर्षा जारी रहने सम्भावना छ। विभागले नदी किनार, खोल्साखोलामा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.