काठमाण्डौ । काठमाण्डौबाट पानी पार्ने बादल कोशीतर्फ सरेपछि कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको पहाडी इलाकामा भारी वर्षा जारी रहेकोले त्यसको प्रभाव कोशी, तमोर, अरुण र सुनकोशीमा देखिएको हो ।
यता, बागमति र कमला नदीमा भने पानीको बहाब घट्न थालेको छ ।
विभागका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा फ्ल्यास फ्लडको उच्च सम्भावना रहेको छ ।