काठमाण्डौ । इलाममा पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी हालसम्म ३७ जनाको ज्यान गएको हो ।
जसअन्तर्गत सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा १ जनाको र माङ्सेबुङमा ३ जनाको मृत्यु भएको हो।
यस्तै माइजोगमाई गाउँपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।