काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले गएको ६ घण्टामा उदयपुर जिल्ला आसपासका एकदुई स्थानमा भारी वर्षा भएको उल्लेख गर्दै ती स्थानमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले अलर्ट जारी गरेको छ ।
एक प्रेस नोट सार्वजनिक गर्दै विभागले यस्तो अलर्ट जारी गरेको हो ।
'गएको ६ घण्टामा विशेष गरी कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा भैरहेको छ । उदयपुर जिल्ला आसपासका एक-दुई स्थानमा भारी बर्षा समेत भएको छ।'
आज अपरान्ह ४ः४० बजेको अपडेटमा विभागले भनेको छः 'अहिले वर्षा भैरहेको उल्लेखित स्थानहरूमा थप वर्षा हुने सम्भावना रहेकोले उक्त स्थान तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्नुहुने बासिन्दाहरूले सतर्कता अपनाउनु होला।'
File Photo