काठमाण्डौ । चितवन हुँदै काठमाण्डौ र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारी चलाउन पाउने समय सीमा बढाइएको छ । अविरल वर्षाका कारण यसअघि सवारी भित्रिने र बाहिरिने समय ६ बजेसम्म रहेकोमा चितवन प्रशासनले त्यसलाई बढाएर ९ बजेसम्म पुर्याएको हो ।
वर्षा रोकिएको र मनसुनको जोखिम घटेसँगै सवारी साधन चल्ने समयसीमा बढाइएको हो । राति ९ बजेपछि भने सवारी साधनहरुलाई होल्डिङ सेन्टरमा रोकिने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।