शुक्रबार, आश्विन ३०,२०८३ 06:20:17
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 06:20:17
Bizshala
Global IME Bank Limited

इन्साइडर ट्रेडिङमा संलग्न गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

Bizshala
इन्साइडर ट्रेडिङमा संलग्न गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
New Office

काठमाण्डौ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतले न्यौपानेलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको हो ।  

न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पाँच महिनाअघि दायर मुद्दामा न्यौपानेलाई दोषि ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि भने ५ चैतको पेसी तोकेको छ ।

कानुनविपरीत आफू सञ्चालक समितिमा रहेकै अवस्थामा न्यौपानेले सेयर कारोबार गरेको सेबोनले गरेको अनुसन्धानबाट खुलेको थियो। धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रिडी पावरको अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेको अनुसन्धानबाट फेला परेको थियो।  

यस मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन् । रिडी पावर कम्पनीमा अध्यक्ष पदमा रहँदा न्यौपाने र नेपाल मिलेर करोेडौँ रकम ‘इन्साइडर ट्रेडिङ’बाट कमाएको खुलेको थियो ।

धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको आरोपमा न्यौपानेमाथि नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी सेबोनले कारबाही गरेको थियो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.