बिहीबार, बैशाख १०,२०८३ 10:33:01
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:33:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

Bizshala
‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती
Shivam Cement

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सामाजिक सञ्जालमा फैलिएको ‘जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ दाबीलाई असत्य भन्दै त्यसको प्रमाण माग गरेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन अघि प्रचण्डको निवासबाट ठूलो मात्रामा रकम निकालिएको भन्दै सामाजिक सञ्जालमा भिडियो फैलिएको थियो। त्यसमा ‘सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ जस्ता दाबी पनि गरिएका छन्।

तर, प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता सबै आरोपहरूलाई ‘निराधार, प्रायोजित र चरित्रहत्या गर्ने प्रयास’ भन्दै ती सञ्चारमाध्यम र स्रोतहरूलाई प्रमाणसहित सत्यता देखाउन चुनौती दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्वमाथि नियोजित ढङ्गले गरिएको यस्ता गलत र भ्रामक प्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको मानहानी, चरित्रहत्या र गलत सूचना प्रवाह गर्न कुनै पनि कानूनी छुट छैन।”

CG Motors
Garima Development Bank
IME remit

सचिवालयले समाचार तयार गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु पत्रकारको न्यूनतम दायित्व रहेको उल्लेख गर्दै पछिल्ला केही सामग्रीहरूमा ती मापदण्ड उल्लङ्घन भएको आरोप लगाएको छ।

साथै, विज्ञप्तिमा साइबर कानुन उल्लङ्घन गर्ने गरी डिजिटल माध्यममार्फत गरिएको गलत प्रचारप्रति आपत्ति जनाउँदै आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ।

“भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक स्वयंमाथि रहनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.