मंगलवार, फाल्गुन ५,२०८२ 11:00:57
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:00:57
Bizshala
Global IME Bank Limited

सेयर लगानीकर्ताले 'कब्जा' गरे सेबोनः भित्र बोर्ड बैठक, बाहिर प्रदर्शनकारीको धर्ना

सेयर लगानीकर्ताले 'कब्जा' गरे सेबोनः भित्र बोर्ड बैठक, बाहिर प्रदर्शनकारीको धर्ना
Shivam Cement

काठमाण्डौ । लगानीकर्ताहरुको एउटा समूहले आज कारोबार समय सकिएलगत्तैदेखि पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) कब्जामा लिएको छ ।  

आज सेबोनको सञ्चालक समितिको बैठक डाकिएको थियो । त्यसअघि नै धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्ताहरुले आफ्ना विभिन्न ११ बुँदे माग राखेर आजै पूरा गर्नुपर्ने दवाब दिंदै बोर्ड कब्जा गरेका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो समाचार तयार पार्दासम्म लगानीकर्ताहरु धितोपत्र बोर्डको चलिरहेको बैठकको निर्णयहरु कुरेर बसेका छन् । अवस्था तनावपूर्ण रहेको त्यहाँ उपस्थित लगानीकर्ताहरुले दाबी गरेका छन् ।  

धितोपत्र बोर्ड घेराउ गर्न लगानीकर्ताहरुको नेतृत्व गरेर खुमलटार पुगेका लगानीकर्ता सुशील लुनियाले आफूहरुले कारोबार समय सकिएलगत्तै धितोपत्र बोर्ड पुगेर अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई उनको कार्यकक्षभन्दा बाहिर निस्किन नदिएको र आफ्ना मागहरु आजै पूरा नहुञ्जेल बोर्डका कुनै पनि सञ्चालकलाई बाहिर निस्किन नदिने अडानमा रहेको बताए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'हाम्रा माग आजै पूरा नहुने हो भने हामी धितोपत्र बोर्ड छाड्दैनौं ।' लुनियाले भने- 'अहिले बोर्ड बसिरहेको छ । हामी बाहिर छौं । हाम्रा माग सम्बोधन नभएसम्म हामी यहाँबाट हिँड्दैनौं ।'  

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने हाल बोर्ड बैठक चलिरहेको मात्र प्रतिक्रिया दिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.