शुक्रबार, बैशाख ४,२०८३ 05:55:14
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:55:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अराजकताको यो हद, प्रधानमन्त्रीको नाममा जिल्ला-जिल्लामा चन्दा उठाउने धन्दा

Bizshala
अराजकताको यो हद, प्रधानमन्त्रीको नाममा जिल्ला-जिल्लामा चन्दा उठाउने धन्दा
Shivam Cement

काठमाण्डौ । अन्तरिम सरकार बनेसँगै मुलुकमा अराजकताले हद नाघ्न थालेको छ ।  

जेनजी आन्दोलनको बलमा सत्ता पलट भएर अन्तरिम सरकार बनेसँगै प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नाम भजाउँदै जिल्ला जिल्लामा विभिन्न स्वार्थ समूहले चन्दा संकलनको धन्दा चलाएपछि त्यस्तलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री कार्यालय स्वयम् विज्ञप्तिबाजीमा उत्रिएको देखिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर यसरी चन्दाको आतंक मच्चाइएको यो घटना नेपालका लागि निकै दुर्लभ समेत हो । यसले कानूनी राज्यको उपहास मात्र भएको छैन, मुलुकमा सरकार कमजोर हुँदा अराजकता कुन हदसम्म फैलिएको छ भन्ने पनि देखाएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै हालै विभिन्न जिल्ला तथा क्षेत्रहरुमा केही व्यक्ति र समूहले प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको हवाला दिंदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम तथा आर्थिक दान संकलन गरिरहेको जानकारी आएको बताएका छन् ।  

विज्ञप्तिमा कुनै पनि समूह वा व्यक्तिलाई प्रधानमन्त्री वा कार्यालयको नाममा चन्दा संकलन गर्न अनुमति नदिइएको समेत प्रष्ट पारिएको छ । प्रम कार्यालयले त्यस्ता  भ्रामक कार्यमा विश्वास नगर्न र कसैले यस्तो कार्यको आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न पनि आह्वान गरेको छ । 

CG Motors
Garima Development Bank
IME remit

प्रम कार्यालयले प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउनका लागि तुरुन्तै नजिकको स्थानीय प्रशासन वा प्रहरी कार्यालय वा प्रम कार्यालयमा तत्काल जानकारी गराउन समेत अपील गरेको छ ।  

यस्तै, नेपालबाहिर समेत यस्ता गतिविधि भएका भन्दै जानकारहरुले यो विषयमा सम्बन्धित देशमा रहेका नेपाली नियोग वा कार्यालयमा जानकारी गराइदिन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.