सोमबार, फाल्गुन ४,२०८२ 02:24:29
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:24:29
Bizshala
Global IME Bank Limited

कानून, गणित वा तथ्यांक शास्त्र पढेकाले राजश्वतर्फको उपसचिव भिड्न नपाउने, शाखा अधिकृतका लागि पनि विषयगत डिग्री हुनुपर्ने

कानून, गणित वा तथ्यांक शास्त्र पढेकाले राजश्वतर्फको उपसचिव भिड्न नपाउने, शाखा अधिकृतका लागि पनि विषयगत डिग्री हुनुपर्ने
Shivam Cement

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाको राजस्व समूहमा प्रवेशका लागि कडा योग्यता निर्धारण गरेको छ। 

अब कानून, गणित वा तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका व्यक्तिहरूलाई उपसचिव पदमा प्रतिस्पर्धा गर्ने बाटो बन्द भएको छ। 

मन्त्रालयका सचिव रबिलाल पन्थले यो परिवर्तन 'नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०५०' मा संशोधनमार्फत ल्याइएको जानकारी दिए।

 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नयाँ व्यवस्थाअनुसार, राजस्व समूहतर्फको राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) मा प्रतिस्पर्धा गर्न अब व्यवस्थापन, वाणिज्यशास्त्र वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखासम्बन्धी विषयसहित) मा स्नातकोत्तर गरेका उम्मेदवारहरू मात्र योग्य हुनेछन्। यसअघि अर्थशास्त्र, कानून, गणित र तथ्यांकशास्त्रका स्नातकोत्तरहरू पनि यो पदका लागि पात्र थिए।

त्यसैगरी, राजस्व समूहतर्फको राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) मा पनि जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिहरूलाई अब अवसर दिइने छैन। नयाँ नियमले व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातक उत्तीर्ण गरेका व्यक्तिलाई मात्र यो पदमा सहभागी हुने छुट दिएको छ। पहिले कुनै पनि विषयको स्नातक वा समकक्ष डिग्री भएकाहरूलाई यो श्रेणीमा प्रवेशको बाटो खुला थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो संशोधनले प्रशासन सेवालाई विशेषज्ञता र व्यावसायिकतातर्फ उन्मुख गराउने लक्ष्य राखेको छ। विश्लेषकहरूका अनुसार, यो कदमले राजस्व प्रशासनमा दक्ष जनशक्ति विकास गर्न सक्छ, तर केही विषयका विद्यार्थीहरूका लागि अवसर साँघुरो हुने देखिन्छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.