शुक्रबार, बैशाख ४,२०८३ 05:53:59
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:53:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजीलाई निःशुल्क सेयर दिने सहमति भएको छैनः भोटेकोशी पावर

Bizshala
जेनजीलाई निःशुल्क सेयर दिने सहमति भएको छैनः भोटेकोशी पावर
Shivam Cement

काठमाण्डौ । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनैपनि सम्झौता नभएको स्पष्ट पारेको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

‘ असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने मोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडबीच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ सर्वप्रथम दुवै कम्पनीमीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छौ’ विज्ञप्तीमा भनिएको छ  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भोटेकोसी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले कम्पनीको १० प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि प्रतिसेयर बराबर अंकित मूल्य रु १०० रहेको सेयर १० दश प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई मिकि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीने उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि कम्पनीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको विज्ञप्तीमा उल्लेख छ ।  

सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित शेयर खरिद गर्न चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको छ ।

निर्माण सम्पन्न भइसकेको आयोजना भएकोले भोटेकोशीले वार्षिक रुपमा वितरण गर्ने लाभांशबाट १० प्रतिशत सेयर बापत उक्त पब्लिक कम्पनीले पाउने रकम सोही पब्लिक कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको विज्ञप्तीमा उल्लेख छ । यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न कम्पनीले आग्रह गरेको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.