आईतवार, असार २८,२०८३ 05:14:54
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:14:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचन आयोगको निर्णायक तयारी : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित छलफलमा २९ दल सहभागी

Laxmi Sunrise Bank Limited
निर्वाचन आयोगको निर्णायक तयारी : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित छलफलमा २९ दल सहभागी

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आयोगले राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ। 

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूलाई बिहीबार छलफलमा आमन्त्रण गर्दै निर्वाचन पूर्वको रणनीतिक संवाद सम्पन्न गरेको हो।

New Office
CG Motors
Garima Development Bank

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दलका प्रतिनिधिहरूले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार, सुरक्षा निकाय र सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको सुझाव दिएका छन्।

उनका शब्दमा, “दलहरूले निष्पक्ष र भयरहित वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मतदान गर्न पाओस् भन्ने विषयमा जोड दिएका छन्।”

छलफलमा दलहरूले आचारसंहिताको कडाइका साथ पालना, निर्वाचन खर्च घटाउने व्यवस्था र विद्यमान संवेदनशील राजनीतिक परिस्थिति व्यवस्थापनका लागि आयोगले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।

आयोगको सन्देश : “निर्वाचन लोकतन्त्रको आत्मा हो”

छलफललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने,“यो आवधिक निर्वाचनभन्दा भिन्न समयमा हुँदैछ। राजनीतिक स्थायित्वका लागि सबै दलको सहकार्य र निषेधमुक्त वातावरण अनिवार्य छ।”

भण्डारीले आयोगले बारम्बार सरोकारवालासँग छलफल गर्दै आएको र सरकारले शान्ति-सुरक्षाका सबै तयारीमा प्रतिबद्धता जनाएको जानकारी पनि गराए। उनले निर्वाचनमा कुनै पनि दल वा समूहले अवरोध सिर्जना नगरी लोकतान्त्रिक प्रतिस्पर्धा र मतको सम्मान गर्न आग्रह गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहभागी र माहोल

छलफलमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधार, सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो। विभिन्न दलका प्रतिनिधिहरूले निर्वाचन आयोगप्रति विश्वास प्रकट गर्दै समयमै निर्वाचन सम्पन्न हुने अपेक्षा व्यक्त गरे।

भण्डारीले अन्त्यमा भने-“निर्वाचन केवल मतदानको दिन होइन, यो लोकतान्त्रिक मूल्य र नागरिक विश्वासको परीक्षा हो। हामी समयमै निर्वाचन सम्पन्न गर्ने पूर्ण विश्वासका साथ अघि बढिरहेका छौं।”

निर्वाचन आयोगको यो संवाद लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन गरिएको नयाँ पहलका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.