काठमाण्डौ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका–निषेध आदेश अन्ततः हटाइएको छ।
भदौ २३ र २४ का घटनापछि बनेको छानबिन आयोगले उनको हकमा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको जनाएको छ।
आयोगका अनुसार सार्वजनिक संरचना पुनर्निर्माण आयोजनाका संयोजकका रूपमा रहेका दुवाडीलाई सातवटै प्रदेशमा आयोजना–सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने भएकाले सरकारले विशेष अनुरोध गरेको थियो। त्यसपछि आयोगले अस्थायी रूपमा यात्रा–प्रतिबन्ध हटाउने निर्णय लिएको हो।
दुवाडीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र अन्य दुई जना अधिकारीमाथि भदौ घटनापछि उपत्यका छाड्न रोक लगाइएको थियो। आयोगले बाँकी व्यक्तिहरूको हकमा भने रोक अझै कायम रहेको जनाएको छ।
