शुक्रबार, जेष्ठ १,२०८३ 08:51:53
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:51:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने

Laxmi Sunrise Bank Limited
एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने
Shivam Cement

काठमाण्डौ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।

काठमाण्डौमा हालै सम्पन्न संघको वार्षिक साधारण सभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।

Bizshala
New Office
CG Motors

हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरुले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्याएको दुई नगरपालिकाको पुनर्निमाणमा सहयोग गर्न लागेको जानकारी दिए । उनले आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे ।

‘हामीहरुलाई अरु केही चाहिँदैन, हामीलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनुहोला । नेपालमा राम्रो काम गरौं भन्दा पनि अबरोध भएका अनुभव हामीसँग छन् । विशुद्ध सेवाभावका साथ हामीले दुई नगरपालिका रोजेका हौ। यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज बनाइदिनुहोला’ अध्यक्ष कुँवरले भने । उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.