काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका समयमा विध्वंस मच्चाउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज नवलपरासीको कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठ गरेर विध्वंस मच्चाउनेलाई फोटो, भिडियो र अन्य फुटेजका आधारमा कारबाही गरिने बताए । उनले आम सर्वसाधारणसँग त्यस्ता फोटो वा भिडियो भए प्रहरीलाई उपबल्ध गराउन समेत आग्रह गरे ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक क्षति व्यहोरेको बताउँदै उनले त्यसको समीक्षा हुनुपर्नेमा समेत जोड दिए ।