शुक्रबार, बैशाख ४,२०८३ 05:44:07
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:44:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेची भन्सारबाट आयात बढ्यो, राजश्व संकलन पनि १५.६९%ले वृद्धि

Bizshala
मेची भन्सारबाट आयात बढ्यो, राजश्व संकलन पनि १५.६९%ले वृद्धि
Shivam Cement

काठमाण्डौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ ।  

यो रकम गत आवको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा काँकडभिट्टा नाकाबाट १० अर्ब ८४ करोड ३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चालु आवमा यो नाकाबाट हुने निर्यात भने २१.०८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यो नाका भएर ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँबराबरको सामान निर्यात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो ।  

यो कार्यालयबाट तीन महिनाको अवधिमा ४ अर्ब १५ करोड २० लाख ८ हजारबराबरको राजश्व संकलन भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६९ प्रतिशतले बढी हो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.