काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुख सम्मिलित उक्त बैठक आज सम्पन्न भएको हो ।
बैठकमा देशको वर्तमान सुरक्षा अवस्था र यसँग जोडिएका चुनौतीलाई विश्लेषण गर्दै शान्ति कायम राख्न चाल्नु पर्ने कदमहरु बारे छलफल भएको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी प्राप्त भएकाले सुरक्षा अवस्थाका बारेमा विश्लेषण गर्न बैठक आयोजना गरिएको बताए । उनले सबै पक्ष आफ्नो राजनीतिक माग राख्न स्वतन्त्र भएको र सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न समेत सरकार तयार रहेको बताए ।

