सोमबार, फाल्गुन ४,२०८२ 12:51:54
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:51:54
Bizshala
Global IME Bank Limited

आन्दोलन होइन, संवाद र सहमतिको बाटो रोज्न गृह मन्त्रालयको आग्रह

आन्दोलन होइन, संवाद र सहमतिको बाटो रोज्न गृह मन्त्रालयको आग्रह
Shivam Cement

काठमाण्डौ । गृह मन्त्रालयले देशमा स्थायित्व र निर्वाचनमुखी वातावरण सुदृढ बनाउन सरकार सक्रिय रहेको बताउँदै सबैपक्षलाई संयम र सहमतिको बाटो रोज्न आह्वान गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ-“सरकार सबै नागरिकका जायज माग, चासो र सरोकार सुन्न तयार छ। कुनै पनि असन्तुष्टि वा समस्या समाधानका लागि वार्ताको बाटो नै उपयुक्त माध्यम हो।”

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हालै विभिन्न समूहहरूले सामाजिक सञ्जालमार्फत् धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रालयले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भदौ २३ र २४ गतेका आन्दोलनपछि क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्दै शान्ति र सुरक्षा सामान्य अवस्थामा फर्किसकेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले चेतावनी दिँदै भनेको छ- “चुनावी तयारीमा केन्द्रित यो अवस्थामा केही स्वार्थ समूहले अशान्ति फैलाउने प्रयास गर्न सक्ने सम्भावना देखिन्छ, त्यसैले आयोजकहरूले यस्ता गतिविधिमा कुनै घुसपैठ हुन नदिन सतर्क रहनुपर्छ।”

जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले फागुन २१ गते तोकिएको आमनिर्वाचनलाई सफल बनाउन कानुनी, प्राविधिक र वित्तीय तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ। निर्वाचनसम्बन्धी कानुन संशोधनदेखि लिएर राजनीतिक दल र सरोकारवालासँग संवादका प्रयासहरू निरन्तर भइरहेका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विज्ञप्तिमा थप भनिएको छ- “नागरिकले आफ्नो माग राख्दा शान्तिपूर्ण वातावरणमा जनताको स्वतन्त्र जीवन, सार्वजनिक सेवा पाउने अधिकार र निर्वाचनमा सहभागी हुने हक कुण्ठित हुन नदिनु अत्यावश्यक छ। राष्ट्रिय सुरक्षामा कुनै खलल नपरोस्, साम्प्रदायिक सद्भाव कायम रहोस् र राष्ट्रिय हित सुदृढ होस् भन्ने उद्देश्यमा सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्छ।”

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.