बिहीबार, असार ११,२०८३ 02:10:08
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:10:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ संसद भवन पुसभित्र नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुलमानको चेतावनी

Laxmi Sunrise Bank Limited
नयाँ संसद भवन पुसभित्र नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुलमानको चेतावनी

काठमाण्डौ । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको शनिबार (कात्तिक ८) स्थलगत निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन्।

उनले भने, “अब ढिलाइ सह्य छैन। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। नयाँ संसद् भवन त्यही निर्वाचनबाट चुनिएका सांसदले काम गर्न सक्ने गरी तयार हुनैपर्छ।”

New Office
CG Motors
Garima Development Bank

मन्त्री घिसिङले निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए, “पुरानो संसद् भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै बैठक सञ्चालन गर्न नयाँ भवन अत्यावश्यक छ। यदि यो समयमा तयार भएन भने ठूलो असर पर्न सक्छ।”

ठेकेदार कम्पनीले हालसम्म ८७ प्रतिशत काम पूरा भएको र आगामी पुस १६ गतेभित्र सम्पूर्ण काम समाप्त गर्ने प्रतिबद्धता जनाएको छ। तर, मन्त्री घिसिङले सो समयसीमा भित्र सबै काम सम्पन्न गर्न गाह्रो देखिएको टिप्पणी गर्दै ठेकेदारलाई “दुई चरणमा काम बाँडेर, हरेक दिनको कार्यतालिका बनाएर, दुई दिनभित्र नयाँ सेड्युल पेस गर्न” निर्देशन दिएका छन्।

उनले आवश्यक साधनस्रोत, जनशक्ति र प्राविधिक उपकरण परिचालन गरेर तीव्र गतिमा काम गर्न आह्वान गर्दै चेतावनी दिए-“यदि तोकिएको समयमा काम पूरा भएन भने ठेकेदार कम्पनीले जरिवाना तिर्नु पर्नेछ।”

सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो नयाँ संसद् भवन नेपालको विधायिकालाई आधुनिक, सुरक्षित र प्राविधिक सुविधायुक्त बनाउने उद्देश्यले निर्माण भइरहेको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल देशमा अन्तरिम सरकार सञ्चालनमा रहेको अवस्थामा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने मिति तोकिएको छ। तर, प्रमुख राजनीतिक दलहरूबीच मतभेद देखिँदै गएको छ।
नेकपा (एमाले) ले संसद पुनर्स्थापनाको माग गर्दै अदालत जान तयारी गरिरहेको छ भने अन्य दलहरूले सरकारको निर्वाचन तयारीमाथि प्रश्न उठाएका छन्।

यस्तो संवेदनशील राजनीतिक वातावरणबीच मन्त्री घिसिङले संसद् भवन समयमै तयार गर्न आग्रह गर्दै भनेका छन्, “राजनीतिक अस्थिरता जे भए पनि राष्ट्रिय संस्थागत तयारीमा ढिलाइ हुनु हुँदैन। नयाँ संसद् भवन समयमै सम्पन्न गरेर जनप्रतिनिधिले नयाँ सुरुवात गर्न पाउनुपर्छ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.