बुधबार, असार १०,२०८३ 02:46:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:46:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन महिनामा ६ सय किलो सुन आयात, सरकारले उठायो १ अर्ब बढी राजश्व

Laxmi Sunrise Bank Limited
तीन महिनामा ६ सय किलो सुन आयात, सरकारले उठायो १ अर्ब बढी राजश्व

काठमाण्डौ । चालु आवको पहिलो ३ महिनामा सुनको आयात ह्वात्तै बढेको छ । वाणिज्य बैंकहरुले उक्त अवधिमा ६ सय १ किलो सुन आयात गरेका हुन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ सय प्रतिशतले बढी हो ।  

अघिल्लो आवको पहिलो तीन महिनामा सय किलो सुन आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार सरकारले चालु आवमा भएको १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको सुन आयातबाट १ अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै, तीन महिनाको अवधिमा १ हजार किलो चाँदी आयात भएको छ । जसको मूल्य २० करोड १३ लाख हुँन आउछ । उक्त अवधिमा १ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८ हजार १ सय ३० किलो चाँदीको धुलो आयात भएको विभागले जनाएको छ ।  

गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएकोमा चालु आवमा ७ करोड १५ लाख रुपैयाँको सुनका गरगहना आयात भएको छ ।  

नेपाल राष्ट्र बैंकले गत असोज २४ गते सुनको आयात कोटा बढाएर २५ किलो पुर्याएको थियो । यसअघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.