काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) आनन्द पाण्डेको राजीनामा स्वीकृत भएको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको १७९ औं बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा पुस ७ गतेबाट लागू हुनेगरी स्वीकृत भएको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।