सोमबार, फाल्गुन ४,२०८२ 12:19:34
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:19:34
Bizshala
Global IME Bank Limited

एनडीपीले गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी बिस्तार गर्ने

एनडीपीले गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी बिस्तार गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको पहिलो वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भयो।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभाले लगानीको दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुखी आयोजनामा लगानी गर्ने निर्णय गर्‍यो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायत ठूला शहरी परियोजनाका साथै कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने योजना अघि सारेको छ। साथै एनडीपी भेन्चर र एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी, शहरी पूर्वाधार र आवास क्षेत्रमा पनि लगानी गर्ने निर्णय गरिएको छ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणाली विकास गरी विविधीकरण र जोखिम व्यवस्थापनका प्रयास गरिएको बताए। उनका अनुसार अहिलेको विशेष आर्थिक परिस्थितिमा व्यवसायीको मनोबल खस्किएको छ र नयाँ लगानीका लागि राज्यले व्यवसायको सुरक्षाको प्रत्याभूति गर्दै लगानीमैत्री वातावरण बनाउन जरुरी छ।

ढकालका अनुसार, शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन र रोजगारी बढाउन र उद्यमीको मनोबल उच्च राख्दै देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढाउन कम्पनीले विशेष भूमिका खेल्न सक्छ।

उनले भने, “अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ। बजारमा माग घटेका कारण आर्थिक गतिविधि सुस्त छन्। यस्तो समयमा यस लगानी कम्पनीमार्फत ठूला र रणनीतिक उद्योग–व्यवसायमा लगानी गरी अर्थतन्त्रलाई गतिमा ल्याउन र रोजगारी सृजना गर्न सकिन्छ।”

ढकालका अनुसार, स्वदेश र विदेशका नेपाली लगानीकर्ताले यस कम्पनीप्रति ठूलो चासो देखाएका छन्।

उनले भने, “म हालै संयुक्त राज्य अमेरिकामा आईएमएफको कार्यक्रममा सहभागी भएको थिएँ। त्यहाँ रहेका नेपालीहरूले नेपालको आर्थिक अवस्था र यस लगानी कम्पनीका विषयमा गहिरो चासो देखाए। अन्य देशका नेपालीहरूले पनि कम्पनीमा लगानी गर्ने इच्छाशक्ति देखाएका छन्। अब हामीले राम्रा परियोजनाहरू पहिचान गर्नुपर्नेछ।”

उनका अनुसार, कम्पनीले स्वदेश तथा विदेशमा रहेका लगानीकर्ता र व्यवसायीलाई नेपालमा उद्योग वा व्यवसाय स्थापना, सञ्चालन तथा विस्तारका लागि परामर्श सेवा उपलब्ध गराउनेछ। साथै, समस्याग्रस्त उद्योगहरूको पुनर्जीवन र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरूमा पनि सहयोग पुर्‍याइनेछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ढकालले सबै उद्योगी, व्यवसायी र गैर आवासीय नेपालीलाई कम्पनीमार्फत लगानी गरी मुलुकको आर्थिक विकासमा साझेदार बन्न आग्रह गरे।

एक वर्षअघि स्थापना गरिएको कम्पनीको कूल पुँजी १० अर्ब रुपैयाँ छ। हाल कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयरधनी छन्। यो कम्पनी देशभर छरिएका साना तथा ठूला उद्यमी, व्यवसायी र गैर आवासीय नेपालीको लगानीमा स्थापना गरिएको हो, जसको उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना गर्न हो।

नेपाल उद्योग वाणिज्य महासंघको बागलुङ, ढोरपाटनमा सम्पन्न कार्यकारिणी बैठकले देशभरका उद्यमी-व्यवसायीलाई समेटी राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघका सदस्यहरूको संलग्नतामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको हो।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.