काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।
उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका हुन् । यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।
पक्राउपश्चात उनलाई काठमाण्डौ ल्याउने तयारी भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                